प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
२२ फागुन, काठमाडौँ । प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ । प्रेस चाैतारी नेपालका उपाध्यक्ष राजेश राईले अध्यक्ष गाणेश बस्नेत र एमाले केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गाैतमको समुपस्थितिमा लोगो सार्वजनिक भएको जानकारी दिनुभयो ।
चैतको १० र ११ गते प्रेस चाैतारीले विराटनगरमा १० औं राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ । उपाध्यक्ष राईले महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा अोलीले गर्ने तय भएको समेत जानकारी दिनुभयो ।
बिहीबार सार्वजनिक गरिएको लोगोमा सात विषय प्रतिबिम्बित गरिएको उहाँले जानकारी दिनुभयो । चाैतारीले ‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ भन्ने मुला नारा तय गरेको छ । उपाध्यक्ष राईका अनुसार लोगोमा नेपालको गौरव र गरिमा कोशी प्रदेश (सोलुखुम्बु) मा विश्वको सर्बोच्च शिखर सगरमाथा समेटिएको छ ।
लगोमा समावेश गरिएको विषयका बारेमा राईले उल्लेख गर्नुभएको छ, ‘कोशी प्रदेश सूर्येदयको प्रदेश हो । सूर्येदयको दृश्य हेर्न इलामको श्रीअन्तुमा संसार भरिका पर्यटकहरु आउने गर्छन् । भनिन्छ, सूर्य पूर्वबाट उदाउँछ । त्यो समेटिएको छ । नेपालको सबैभन्दा होचो भाग केचनाकवल कोशी प्रदेश (झापा) अवस्थित छ । त्यसको स्तम्भ यहाँ समेटिएको छ । खासगरी चराहरुको संरक्षणको केन्द्र हो, कोशी टप्पु वन्यजन्तु आरक्ष । यहाँ करिब ४९० प्रजातिका चराहरू यहाँ पाइन्छ । त्यसलाई यहाँ समेटिएको छ । भोजपुर, खोटाङ र सोलोखुम्बुको विचमा पर्ने संस्कृति र सभ्यताको केन्द्र मुन्धुम ट्रेल, प्रकृति अनि इतिहासको केन्द्र कञ्चनजङ्घा, (ताप्लेजुङ), मकालु (संखुवासभा) भेडेटार–हिले (धनकुटा), धरान, विराटनगर लगायतका क्षेत्र धनकुटाको पर्यटकीय क्षेत्र हो । यो बिषय यहाँ समेटिएको छ । संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा छ गुराँसको राजधानी— तिनजुरे–मिल्के–जलजले (टिएमजे) । नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छ । टिएमजेमा मात्रै २८ प्रजातिका गुराँस पाइन्छ । त्यसलाई यहाँ समावेश गरिएको छ । नेपालको चिया उत्पादनको मूख्य ‘चिया जोन’ कोशी प्रदेश हो । अहिले नेपालको कुल चिया उत्पादनमा प्रदेश १ को हिस्सा ९९ प्रतिशत छ । त्यसलाई यहाँ समावेश गरिएको छ ।’
प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार १५:३५