मेलम्चीको पाइप फुट्यो
२० फागुन, काठमाडाैँ । थापाथलीमा चोकमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक जलमग्न भएको छ । पाइप फुटेर सडकमा समेत ठूलो भ्वाङ परेको छ ।
मेलम्ची खानेपानीको वस्तीमा पानी आपूर्ति गरिएको पाइप फुटेको प्रत्यक्षदर्शीले बताएका छन । अहिले पानी बन्द गरिएको छ । यद्यपी पानीको पाइप फुटेर थापाथली चोकदेखि अस्पतालसम्मको सडक हिलाम्मे बनेको छ । यसअघि बबरमहलमा पनि पाइप फुटेको थियो ।
प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलवार ०७:१८