राजतन्त्र फर्किने हल्लाका बीचमा दाह्री फ्याँकेर परिवारसँगै रमाइरहेका पारश शाह बिरामी
१९ फागुन, काठमाडौँ । पछिल्लो समय राजतन्त्र फर्किने हल्लाका बीचमा दाह्री फ्याँकेर परिवारसँगै रमाइरहेका पूर्वयुवराज पारस शाह अस्पताल भर्ना हुनुभएको छ । आइतबार ह्रदयघात भएपछि शाह अस्पताल भर्ना हुनुभएको थियो ।
शाहलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरेर उपचार गरिरहेको छ । शाहलाई ह्रदयघाट भएको यो चौँथो पटक हो । यसअघि तीन पटक ह्रदयघात भएको भए पनि पारसको स्वास्थ्य पुरानै अवस्थामा फर्किदै आएको थियो । अहिले पनि उहाँको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अवस्था सामान्य बन्दै गएको अस्पताले जनाएको छ।

पछिल्लो सयमा देशमा राजतन्त्र फर्किने हल्लाका बीचमा पूर्व राजा ज्ञानेन्द्र शाहको बोली र व्यवहार पनि परिवर्तन भएको छ भने दाह्री पालेर बिरक्तिएर परिवारभन्दा टाढा रहेका पारश पनि परिवारसँगै रमाउँदै आउनुभएको छ । केही दिनअघि मात्र उहाँहरूले परिवार मिलेर पोखरामा एउटा जन्मदिन मनाएको भिडियो भाइरल बनेको थियो ।
प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार १५:२५