विवाहको नाममा विद्यालयलाई दान
१३ फागुन, काठमाडौँ । अनेरास्ववियुका उपाध्यक्ष धर्मलाल गिरीले विवाहको नाममा विद्यालयलाई दान दिनुभएको छ । अनेरास्ववियुकै केन्द्रीय कमिटीका उपाध्यक्ष गिरीले सोही कमिटीमा रहनुभएको ई रचना सापकोटासँग फागुन ८ गते नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासलमा प्रगतिशिल विवाहको व्यानरमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नुभएको थियो ।
गिरीले प्यूठानको नारिकोट स्थित अमृत जीवन माध्यमिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । गिरीले सोही विद्यालयबाट प्रारम्भिक शिक्षा प्राप्त गर्नुभएको थियो । उक्त अक्षयकोषबाट प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो ।
गिरीले विवाह र दानबारे दैनिकीसँग कुरा गर्दै भन्नुभयो ‘विवाहमा अनावश्य खर्च गरेर पछि आफैँलाई ऋणको भारी बोकाउनु भन्दा सामान्य खर्चमा विवाह सम्पन्न गरेँ । बचेको रकमबाट सामाजिक कामको लागि विद्यालयमा अक्षयकोषको स्थापना गर्न दान गरे ।’
गिरी र सपाकोटाको विवाह उत्सवमा प्रधानन्त्री, मन्त्रीहरू, नेकपा एमालेका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलवार ११:५९