६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

१३ फागुन, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आज सुन प्रतितोला १ लाख ७१ हजार ३ सय रूपैयाँ पुगेको छ।

सोमबार प्रतितोला १ लाख ७० हजार ८ सय रूपैयाँमा सुनको कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार भने सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँ बढेको हो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलवार ११:२४