३ चैत्र २०८१, आईतवार | Mon Mar 17 2025

राष्ट्र बैँकमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर बनाएको होः प्रथम महिला शाक्य

१० फागुन, काठमाडाैँ । आत्मकथा ‘करुणा’ सार्वजनिक गर्दै लेखक तथा प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री ओली जस्तो देशका लागि रातभरसमेत सक्रिय खट्ने मान्छेका बारेमा अनेक अफबाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने बताउँदै होच्याउन पाइयो भन्दैमा असत्य हिसाबले होच्याउन नहुने बताउनुभएकाे छ ।

आफूले नेपाल राष्ट्र बैँकमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको स्मरण गराउँदै उहाँले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरुसँग दुःखेसो पोख्नुभयो ।

“हाम्रो जीवनशैली समान्य नै हो । दुःखी, गरिब र असहायहरुलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक एक हिसाब बुझाउन म तयार छु । बालकोटको घर हाम्रो पसिना र मेहनताबाट बनाइएको हो ।’’, प्रथम महिला शाक्यले भन्नुभयो, “सम्पूर्ण नेपालीले सहजरुपमा लाउन र खान पाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।’’

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार १८:५७