८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

एमाले नेता आचार्यलाई मातृशोक, माता द्रौपदाको ८२ वर्षको उमेरमा निधन

८ फागुन, काठमाडौँ । नेकपा (एमाले)का नेता बलराम आचार्यलाई मातृ शोक परेको छ । एमाले बागमती प्रदेश कमिटीका सचिवालय सदस्य आचार्यको माता द्रौपदा आचार्यको बुधबार राति ९ बजे काठमाडौँको तारकेश्वर नगरपालिकामा रहेको निवासमै निधन भएको उहाँको आफन्त पर्शुराम खनालले जानकारी दिनुभयो ।

स्वर्गीय आचार्यको बुधबार राति नै पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ । द्रौपदा ८२ वर्षको हुनुहुन्थ्यो । केही वर्षयता पक्षघातका कारण थलिनुभएको थियो । उहाँको श्रीमान, तीन छोरा र तीन छोरी हुनुहुन्छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको रामती स्थायी घर भएको उहाँहरू केही वर्षयता काठमाडौँमै बसोबास गर्दै आउनुभएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार ०७:१७