नेपाल प्रहरीका सई ब्यारेकमै मृत भेटिए
४ फागुन, काठमाडाैँ । झापामा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन्। भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय झापामा रहेको ब्यारेकमा आइतबार बिहान सई धनराज खतिवडा मृत भेटिएका हुन् ।
तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा पानीको ट्यांकी जाने फलामको भर्याङमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्। मृतक खतिवडा भोजपुर टैम्केमैयुङ गाउँपालिका-४ घर भई मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका थिए। घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ।
प्रकाशित मिति : ४ फाल्गुन २०८१, आईतवार १२:१७






