१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला

३ फागुन, डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला पर्नुभएको छ । अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा आज अपराह्न उहाँ मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन हुनुभएको थियो । तीन दिनपछि जोशी मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : February 15, 2025 at 6:42 pm