नेपाल निजामति कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चयन (सूचीसहित)
३ फागुन, काठमाडौँ । सत्तारूढ नेकपा एमाले निकटको नेपाल निजामति कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चयन हुनुभएको छ । शनिबार दिउँसो अध्यक्षमण्डलले सहमति गरेको भन्दै निर्वाचन समितिका संयोजक बाबुराम थापाले दाहाललाई सर्वसम्त अध्यक्षमा निर्वाचित भएको घोषणा गर्नुभयो । बुद्धनगरको क्वालिटी बैंकेटमा भएको बन्दसत्रमा थापाले १२ औँ महाधिवेशनबाट १३ औँ महाधिवेशन नहुँदासम्मका लागि संगठनको नेतृत्व गर्न दाहाल अध्यक्ष भएको घोषणा गर्नुभयो ।
त्यस्तै वरिष्ठ रेवन्द गौतम र प्रभाषप्रसाद साह चयन हुनुभएको घोषणा भएको छ । यस्तै उपाध्यक्ष खुलामा कृष्णबहादुर केसी, युवाचन्द्र घिमिरे, विष्णु अर्याल र उपाध्यक्ष महिलामा विजयलक्ष्मी सुवेदी चयन हुनुभएको छ । महासचिवमा रामचन्द्र अधिकारी चयन हुनुभयो ।
यस्तै उपमहासचिवमा बामदेव ओली, सूर्यबहादु कुँवर र उपमहासचिव महिलामा कमला दाहाल चयन हुनुभएको छ । १२ महाधिवेशनको बन्दसत्रको हलबाट कार्यालय सचिवमा पदमबहादुर शाही चयन हुनुभएको छ ।
यस्तै सचिव खुलामा राजबहादुर पछाइ, तेजप्रकाश भण्डारी, ओमबहादुर कठायत, गोविन्दप्रसाद अधिकारी र सचिव महिलामा देवी पराजुली चयन हुनुभएको छ । कोषाध्यक्षमा यमकुमार सापकोटा र सहकोषाध्यक्षमा दीपक शर्मा पौडेल चयन हुनुभएको छ ।

यस्तै केन्द्रीय सदस्यमा राजेन्द्र कुरम्बाङ, केदारप्रसाद खतिवडा, प्रमोद खतिवडासहित कुल १४१ जनाको नाम प्रस्ताव गरिएको छ । हलमा नाम प्रस्तुत भएकाहरूले एक सय रूपैयाँको फारम भरेर निवेदन दिएपछि उनीहरूले सपथ ग्रहण गर्न पाउने निर्वाचन समितिका संयोजक थापाले बताउनुभएको छ ।
हलमा नेतृत्वमा चयन भएकाहरूको नाम पढेर सुनाएपछि केहीले महाधिवेशन बहिष्कार गरेका छन भने केहीले होहल्ला गर्दै मञ्चतिर कुर्सी प्राहर गरेका छन । अध्यक्ष मण्डलले अधिवेशनको बन्दसत्र भोलिसम्मका लागि स्थगित भएको जनाएको छ । अब आतइबार नोतृत्वमा चयन भएकाहरूको सपथ ग्रहण हुनेछ । यसअघि शुक्रबार मध्यरातमा प्रधानमन्त्री निवास बालुवाटारमा नेतृत्वको विषयमा सहमति भएको थियो ।
अधिवेशनको माघ ३० मा एमाले अध्यक्ष समेत रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा गृहमा गर्नुभएको थियो । दोस्रो दिनको बन्दसत्र समेत राष्ट्रियसभा गृहमा नै भएको थियो । तेस्रो दिनको बन्दसत्र कार्की बैंकेट र चाैँथो दिनको बन्दसत्र क्वालिटी बैंकटमा भएको छ ।
केन्द्रीय सदस्यमा चयन भएकाहरूको नाम तलको भिडियोमा सुन्न सक्नुहुन्छ ।
प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार १६:०२






