८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

प्रहरीमाथि कुटपिट गरेको आरोपमा अखिल नेता कमलराज जोशी पक्राउ

१ फागुन, काठमाडौँ । प्रहरीलाई कुटपिट गरेको आरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । अनेरास्ववियुका स्थायी समिति सदस्य समेत रहेका जोशीलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

माघ २४ मा ठमेलको छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरी जवान र हवल्दारमाथि जोशी समेतले कुटपिट गरेका थिए । मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीमाथि अ भएकाे हाे ।

कुटपिटमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल यसअघि नै पक्राउ परेका थिए । जोशीलाई भने उन्मुक्ति दिन खोजेको आरोप लागेको थियो ।

आरोपी फुलारा ठमेलस्थित अस्कल क्याम्पसको स्ववियु सह–सचिव हुन् । घटनामा संलग्न अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपाल बहादुर शाही, क्याम्पस कमिटी सदस्य नविन ऐर र शौजन्य शाही फरार छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार १९:३१