पूजाको अर्धशतकका बाबजुद नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित
२३ माघ, काठमाडाैँ । पूजाको अर्धशतकका बाबजुद नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएकाे छ । महिला टी–२० त्रिदेशीय सिरिज अन्तर्गत पाँचौं खेलमा १४६ रनको लक्ष्य दिँदा पनि नेपाल पराजित भएकाे हो ।
बुधबार कीर्तिपुर मैदानमा निर्धारित लक्ष्य नेदरल्याण्ड्सले २ बल बाँकी हुँदै बिना विकेट पूरा गर्यो । पूजा महतोको अर्धशतकीय रनमा नेपालले १४६ रनको लक्ष्य दिएको थियो । तर बलर नचल्दा नेपाल १० विकेटले पराजित भएको हो ।
नेपाललाई सहजै हराउन नेदरल्याण्ड्सका लागि स्ट्रे कलिसले ९६ र फेब मोल्केनबोरले ४८ रन बनाइन् । नेपालका लागि महतोले ६२, कप्तान इन्दु बर्माले ३९ रन बनाइन् । रुविना क्षेत्रीले २० रन बनाइन् ।
याेसँगै नेपाल नेदरल्याण्ड्ससँग ३ र थाइल्याण्डसँग २ खेलमा पराजित भएको हो ।
प्रकाशित मिति : २३ माघ २०८१, बुधबार १५:५३