सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम ८ अर्ब ९५ करोड
२३ माघ, काठमाडाैँ । आज सेयर बजार सामान्य घटेको छ । आज नेप्से परिसूचक ४ दशलमव ४५ अंकले घटेर २,७११ को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ३०९ कम्पनीको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९५ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, हिमालयन पावर पार्टनरको २७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिनर्जी पावरको २२ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र छ्याङदी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यसैगरी, सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्सका लगानीकर्ताले ९ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
प्रकाशित मिति : २३ माघ २०८१, बुधबार १५:२१