पूजाको अर्धशतकमा नेपालले नेदरल्याण्ड्सलाई दियो १४६ रनको लक्ष्य
२३ माघ, काठमाडाैँ । महिला टी–२० त्रिदेशीय सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १४५ रन बनाएको हो ।
नेपालका लागि पूजा महतोले सर्वाधिक अविजित ६२ रन बनाइन् । उनले पाँच चौका प्रहार गरिन् । यस्तै, इन्दु बर्माले ३७ बलमा ३९ रन बनाइन् । यसैगरी, रुबिना क्षेत्रीले १७ बलमा २० रन बनाइन् ।
नेपालले यसअघि नेदरल्याण्ड्स र थाइल्याण्डसँग दुई दुई खेल हारेको छ । आफ्नै भूमिमा भएको सिरिजमा नेपाली महिला टोलीले यसअघि चारमध्ये एउटा खेल पनि जित्न सकेको छैन ।
प्रकाशित मिति : २३ माघ २०८१, बुधबार १४:००