सुनको मूल्य एकैदिन २२ सयले बढ्यो, कतिमा भईरहेको छ कारोबार ?
२३ माघ, काठमाडौँ । आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन अर्थात् मंगरबार पनि सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेको थियो । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २३ माघ २०८१, बुधबार १२:४१