१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नेको इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्दै, बुकक्लोज कहिले ?

२० माघ, काठमाडाैँ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले फागुन ८ गतेदेखि हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सले हाल कायम ४ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ माघ १८ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद सेयरमा फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : February 2, 2025 at 10:56 am