१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

ङादी ग्रुप पावरको हकप्रदमा आवेदनमा म्याद दिने समय थपियो

१४ माघ, काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडले गत पुस २३ गतेदेखि निष्कासन गरिरहेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थपेको छ। यससँगै अब कम्पनीको हकप्रद सेयरमा माघ २९ गतेसम्म आवेद दिन सकिने भएको छ।

कम्पनीले चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २२५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो।

यो हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा मंसिर १७ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरिद गर्न सक्नेछन्।।

हकप्रद सेयर निष्कासन र बाडँफाँडपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : January 27, 2025 at 11:35 am