१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

बालिका यौन दुर्व्यवहारको आरोपमा मदन राई दोषी ठहर

१३ माघ, काठमाडौँ । बालयौन दुर्व्यवहारको आरोपमा मदन राई खोटाङले दोषी ठहर भएका छन् । आफैँले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत खोटाङले उनलाई दोषी ठहर गरेको हो ।

जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईका अनुसार न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले माघ १० गते राईलाई दोषी ठहर गरेको हो।

सजाय निर्धारणका लागि माघ २५ गते अर्को पेसी तोकिएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित दोषी ठहर भएमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ ।

प्रकाशित मिति : January 26, 2025 at 12:48 pm