अर्थमन्त्री पौडेलको सपना पुरा, प्रधानमन्त्रीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने
११ माघ, काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको एउटा सपना पुरा भएको छ । अर्थमन्त्री पौडेलले ड्रिम प्रोजेक्टको रुपमा लिँदै आएको योजना बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबामा निर्माणाधिन सुरुङमार्गको ब्रेक थ्रू आज हुँदैछ । रुपन्देहीलाई बिकासको रोलमोडल बनाउने भन्दै पोडेलले अघि सारेका योजनाहरु मध्ये यो एक महत्वपूर्ण योजना हो ।
उक्त सुरुङमार्गको उद्घाटन गर्न आज प्रधानमन्त्री केपी शर्मा ओली बुटवल जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले रुपन्देही र पाल्पाका विभिन्न कार्यक्रमहरुमा सहभागी हुने गरी आज बुटवल जान लाग्नुभएको हो ।
१ हजार १२६ मिटर लामो सुरूङमार्ग ५ वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँको लागतमा सूरु गरेको काम २०८३ सालमा सम्पन्न हुने छ।

२०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्ने काम सुरू गरेको थियो। सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक थ्रु भइसकेको आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो । आज भने मुख्य सुरूङ प्रधानमन्त्रीको उपस्थीतीमा ब्रेक थ्रु हुने अधिकारीले जानकारी दिनुभयो ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङ मार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित विश्वास गरिएको छ ।
प्रकाशित मिति : January 24, 2025 at 8:02 am









