भूमि समस्या समाधान आयोगले पूर्णता पायो (जिल्ला अध्यक्षको सूचीसहित)
२७ पुस, काठमाडौँ । भूमि समस्या समाधान आयोगले पूर्णता पाएको छ । सात जिल्ला बाहेक बाँकी ७० जिल्लामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीस्तिरीय निर्णय गर्दै आयोगलाई पूर्णता दिनुभएको छ ।
आयोगका जिल्ला अध्यक्षमा नियुक्त भएकाहरूको सपथ ग्रहणको कार्यक्रम सोमबार दिउँसो ३ बजे सहकारी प्रशिक्षण केन्द्र नयाँबानेश्वरमा सकिएको छ । सात वटा जिल्लामा कांग्रेस र एमालेको पार्टी भित्रका आन्तरिक समस्याका कारण अध्यक्षको नाम टुंगिन कठिन भएको छ ।
दैनिकीले प्राप्त गरेको सूचीमा ७० जिल्ला अध्यक्षको नियुक्ति भएको छ । सोमबार सपथ ग्रहण गरेका अध्यक्षहरूले सम्बन्धित जिल्लामा गएर सदस्यमा नियुक्तहरूलाई सपथ गराउनेछन । सरकारले यसअघि एमाले नेता हरि रिजालको अध्यक्षतामा आयोग गठन गरेको थियो । जिल्ला अध्यक्षको तलब सुबिधा सहसचिव सरह रहेको छ भने सदस्यले उपसचिव सरहको सेवा सुविधा प्राप्त गर्नेछन । आयोगको सदस्य सचिवको रूपमा जिल्ला समन्वय समितिका प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेछन ।
नियुक्त भएका अध्यक्षहरूको सूची तल हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : २९ पुष २०८१, सोमबार १४:१७