रवि लामिछाने आफैँ पुगे काठमाडौँ जिल्ला अदालत, पिएको समय फलो गरेनन्
२८ पुस, काठमाडौँ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं निलम्बित सांसद रवि लामिछाने सहकारी ठगी, संगठित ठगी र सम्पत्ति शुद्धिकरण मुद्दाको सुनुवाइमा सहयोग गर्न जिल्ला अदातल काठमाडौँमा आफैँ उपस्थित भएका छन । केहीबेरअघि उनी आफैँ अदालतभित्र प्रवेश गरेका छन ।
लामिछानेका स्वकीय सचिव (पिए) दीपक बोहोराले आतइबार बिहान ८ः३० बजे नै हाजिर हुने बताएको भए पनि लामिछाने भने ९ः१५ बजेतिर अदालत प्रवेश गरेका छन । कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दाका लागि हाजिर हुन लामिछाने अदालतमा उपस्थित भएका हुन ।
यसअघि लामिछाने कास्की जिल्ला अदालतको आदेशले ८४ दिन प्रहरी हिरसतमा बसेर सोही अदालतको आदेशमा ६५ लाख धरौटी बुझाइ शनिबारमात्र काठमाडौँ आइपुगेका थिए ।
प्रकाशित मिति : २८ पुष २०८१, आईतवार ०९:४६