२२ कार्तिक २०८३, शनिबार | Sun Nov 8 2026

एमाले काठमाडौँका जिल्ला कमिटी सदस्य पूर्णमान तामाङ बलात्कार अभियोगमा पक्राउ

२२ पुस, काठमाडौँ । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका सदस्य पूर्णमान तामाङ बलात्कार अभियोगमा पक्राउ परेका छन । बलात्कार अभियोगमा पक्राउ परेका तामाङलाई सोमबार नै प्रहरीले पाँच दिनका लागि म्याद समेत थपेको बुझिएको छ।

महानगरीय प्रहरी वाैद्धका प्रमुख प्रहरी नायव उपरिक्षक जयश्‍वर रिमालले पूर्णमान तामाङको पक्राउ पुष्टि गर्दै थप कुरा काठमाडाैँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीसँग बुझ्न अनुरोध गर्नुभयो । पक्राउ परेका तामाङलाई सोमबार नै नेकपा एमाले काठमाडौँले पनि निलम्बन गरिसकेको छ । एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले सोमबार नै एक विज्ञप्ति प्रकाशित गर्दै तामाङलाई निलम्बन गरिएको जानकारी दिनुभएको छ ।

पार्टीको मर्यादा माथि नै आँच आउने गतिबिधि एवं असामाजिक क्रियाकलापमा लागेको भन्दै एमाले निलम्बन गरेको विज्ञप्ति मार्फत जानकारी दिइएको छ । पक्राउ परेका पूर्णमान शंखरापुर नगरपालिका वडा नम्बर १ का स्थायी बासिन्दा र पूर्व शिक्षक समेत हुन ।

प्रकाशित मिति : January 6, 2025 at 10:08 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/