१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

सशस्त्र प्रहरिद्वारा डेढलाख क्याप्सुल लागूऔषध बरामद

७ पुस, काठमाडाैँ । सशस्त्र प्रहरी बलले पर्सा जिल्लाको वीरगंज महानगरपालिका–३ स्थित प्रगतिगरको एक किराना पसलबाट डेढ लाख भन्दा बढि क्याप्सुल लागूऔषध बरामद गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको १३ नम्बर गण पर्सा, बिओपी सिर्सिया र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले सोही ठाउँ बस्ने राजाराम महतो कोइरीले सञ्चालन गरेको सृष्टी किराना जेनरल स्टोरमा विशेष सूचनाको आधारमा शनिवार राती खानतलासी गरेर डेढ लाख भन्दा बढि क्याप्सुल बरामद गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार सो क्रममा ५ वटा कार्टुनमा अबैध रुपले भण्डारण गरी राखिएको १ लाख ५१ हजार ८ सय ६० क्याप्सुल ट्रमाडोल हाइड्रोक्लोराईड नामक लागूऔषध बरामद भएको छ । स्टोर संचालक कोइरीलाई समेत वीरगंज भन्सार कार्यालय अगाडीबाट नियन्त्रणमा लिइ लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : December 22, 2024 at 12:33 pm