१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

राष्ट्रपतिले गरे भारत र मलेसियाको राजदूत नियुक्त

३ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा शङ्करप्रसाद शर्मालाई भारत र डा नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : December 18, 2024 at 3:52 pm