३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

२ पुस, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हाे ।

लामिछानेलाई गत कात्तिक २ गते प्रहरीले काठमाडौँबाट पक्राउ गरी कास्की लगेको थियो। प्रहरीले लामिछानेसहित ५१ जनाविरूद्ध मुद्दा चलाउन राय दिएको छ। सरकारी वकिल कार्यालय कास्कीले यसको अभियोजन गरिरहेको छ।

यो चार दिने म्यादभित्रै अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति : 13:34