पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
१ पुस, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।
योसँगै निगम सञ्चालक समितिको निर्णयअनुसार आजदेखि काठमाडौँ, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोल हाल्दा प्रतिलिटर १६२ रुपैयाँ तिर्नुपर्छ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, सुर्खेत र दाङ डिपो अन्तर्गतको क्षेत्रमा पेट्रोल १६१ रुपैयाँ र डिजेल तथा मट्टितेल १५० रुपैयाँ कायम गरिएको छ ।
बाँकी क्षेत्रमा पेट्रोल १५९।५० रुपैयाँ र डिजेल मट्टितेल १४८।५० रुपैयाँ पर्ने निगमले जनाएको छ ।
प्रकाशित मिति : १ पुष २०८१, सोमबार ०९:४६