१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

पत्रकार महासङ्घ पाल्पाको अध्यक्षमा तिमिल्सिना

२९ मङ्सिर, पाल्पा । नेपाल पत्रकार महासङ्घ पाल्पा जिल्ला शाखाको अध्यक्ष पदमा कमलराज तिमिल्सिना निर्वाचित हुनुभएको छ ।

नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्ष, सचिव र दलित सदस्य पदमा निर्वाचन भएको हो । कार्यसमितिको अन्य पदमा निर्विरोध भएको छ । निर्वाचनमा सचिवमा रामचन्द्र रायमाझी र दलित सदस्यमा हरिबहादुर विक निर्वाचिन हुनुभएको छ ।उपाध्यक्षमा मुक्तिप्रसाद न्यौपाने (खुल्ला), बन्दना पोखरेल (समावेशी), कोषाध्यक्षमा विजय बौडेल, सहसचिवमा दुर्गेश मल्ल (खुल्ला), दानबहादुर हिस्की (समावेशी), सदस्यहरुमा सुनिल कार्की, दयाराज न्यौपाने, नेत्र गैरे, दिपक ढुंगाना, सुशीला रेग्मी, धनबहादुर ठाडा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै केन्द्रिय परिषद सदस्यमा यज्ञमुर्ति तिमिल्सिना, सीतादेवी डोटेल र राजेन्द्र लिगल, प्रदेश परिषद सदस्यमा कृष्णप्रसाद पोखरेल, दिपक भट्टराई, पवित्रा घिमिरे र इमानसिंह राना निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : December 14, 2024 at 9:26 am