७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

राष्ट्रपति पौडेलले नियुक्त गरे पाँच देशमा राजदूत

२८ मंसिर, काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा पाँच देशमा राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र कोरियामा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका हुन्।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

जस अनुसार पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूत नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार १३:०६