नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)
२८ मंसिर, काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ । नेपाली सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो ।
भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सूचना जारी गर्दै पण्डित, भेटेरिनरी, भिडियो सम्पादन, नर्स, सिभिल, मेक्सिकल लगायतका पदहरूमा भर्ना खुलाएको जनाएको छ ।
मङ्सिर २८ देखि पुस २७ गतेसम्म केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार ०९:५१