१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

कसैको मानवअधिकारको हनन् भएको छैन: गृहमन्त्री लेखक

२५ मंसिर, सुर्खेत । गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा प्रभाव पार्ने गरी काम भइरहेको बताउनुभएको छ ।

मंगलवार प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले प्रमुख प्रतिपक्षी दलको समर्थनमा सभापति लामिछाने आबद्ध दलका मानिसले अनुसन्धानमा प्रभाव पार्न विभिन्न गतिविधि गरिरहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो-‘प्रत्येक व्यक्तिको मानवअधिकारको रक्षा हुन्छ। कसैको मानवअधिकारको हनन् भएको छैन। रवि जीमात्र हैन तमाम मान्छेलाई अनुसन्धान भइरहेको छ  तर कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ । के यो सहि हो त ?’

उहाँले लाखौं लाख मान्छेको रकम सहकारीमा हिनामिना भएको भन्दै त्यसबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

दुई दल मिलेर बनेको सरकार संविधानको रक्षाका लागि सरकारलाई स्थायित्व दिँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक गतिविधि बढाउने, मुलुकको समृद्धिका लागि सरकार निरन्तर लोकतान्त्रिक संविधानको रक्षा सबैको दायित्व भएकाले यसलाई असफल बनाउने छुट कसैलाई नभएको समेत उहाँले बताउनुभयो ।

प्रकाशित मिति : December 10, 2024 at 12:36 pm