उड्डयन सुरक्षाका निम्ति सरकार प्रतिबद्ध छ: मन्त्री पाण्डे
२२ मङ्सिर, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सुरक्षित आकाश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले उडान सुरक्षित बनाउन नियमन निकायलाई निरन्तर सचेत गराइएको जानकारी दिँदै हवाई दुर्घटनासम्बन्धी अनुसन्धानका लागि स्थायी आयोग गठनको प्रक्रिया प्रारम्भ भएको बताउनुभयो ।
यस वर्ष ‘दिगो भविष्यः आगामी ८० वर्षका लागि सँगै’ नाराका साथ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ ।
प्रकाशित मिति : December 7, 2024 at 2:21 pm









