४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

नेपाल प्रहरीको विभिन्न पदमा नयाँ भर्ना खुल्यो (सूचनासहित)

२१ मंसिर, काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक हजार १६५ जनाका लागि आवेदन माग गरिएको हो । साथै भान्छेका लागि ४७ जना र कुचीकारका लागि ११ जना माग गरेको छ ।

यधपी योग्यता पुगेका नेपाली नागरिकहरूले मङ्सिर २७ गतेदेखि माघ ७ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार ०९:५३