३ माघ २०८१, बिहीबार | Fri Jan 17 2025

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार ठहर, शंकर अधिकारीसहित चार जना दोषी

२० मंसिर, काठमाडाैँ । विशेष अदालतले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार ठहर गरेको छ । विशेष अदालतले बिहीबार राति अवेर फैसला सार्वजनिक गर्दै नेपाल वायुसेवा निगमका दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै तत्कालीन पर्यटनसचिवसहित चार जनालाई दोषी ठहर गरेको छ ।

विशेषका अध्यक्ष अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको  इजलासले बिहीबार तत्कालीन पर्यटन मन्त्रालयका सचिव एवं नेपाल वायु सेवा निगमका अध्यक्ष शंकर अधिकारी, तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार र सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाईलाई दोषी ठहर गरेको हो ।

गत वर्षको चैत २२ गते आयोगले पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भ्रष्टाचार गरेको अभियोगमा आयोगले रु एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ बराबरको बिगो माग दाबीसमेत गरेको थियो ।

आयोगले तत्कालीन सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष शङ्करप्रसाद अधिकारी, भन्सार विभागका तत्कालीन महानिदैशक एवं निगम तत्कालीन सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गाना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, सञ्चालक समिति सदस्य टेकनाथ आचार्य, निमा नुरु शेर्पाविरुद्ध पनि समान बिगो दाबी गरेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार २२:०७