६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

महालक्ष्मी बैंकका मार्केटिङ हेड बसन्त बक्सीले पाए मार्केटिङ लिडर अवार्ड

१७ मंसिर, काठमाडौँ । महालक्ष्मी विकास बैंकका मार्केटिङ हेड बसन्त बक्सीले ‘मार्केटिङ लिडर अवार्ड’ पाएका छन् । उनलाई ट्रेडफ्लोक बिजनेस म्यागजिनले २०२४ मा एसियाका उत्कृष्ट मार्केटिङ लिडरहरूमध्ये एक उत्कृष्टका रूपमा मान्यतासहित उक्त अवार्ड दिएको हो।

उनले यस बैंकमा नवीन सोचसहितका मार्केटिङ रणनीतिहरू कार्यान्वयन गर्दै एनजिओहरूसँग साझेदारीमार्फत सामाजिक उत्तरदायित्व सम्बोधन गर्न उल्लेखनीय योगदान दिँदै आएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : December 2, 2024 at 10:13 am