१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

२ करोड ४३ लाखबढीमा खानेपानी आयोजना सम्पन्न

१५ मङ्सिर, गुल्मी । दुई करोड ४३ लाख ८८ हजार लागतमा मुसिकोट नगरपालिकामा खानेपानी आयोजना सम्पन्न भएको छ । लिफ्ट प्रविधिमार्फत खोलाको पानी गाउँ पुर्याइएको हो ।

पूर्वाधार साझेदारी विकास कार्यक्रमअन्तर्गत रु ६५ लाख, खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीको रु ९७ लाख ४८ हजार, नेपाल विद्युत् प्राधिकरणमार्फत रु ४३ लाख ९० हजारका विद्युतीय सामग्री एवं स्थानीय जनश्रमदान रु ३७ लाख ५० हजार गरी कूल रु दुई करोड ४३ लाख ८८ हजार लागतमा उक्त आयोजना सम्पन्न भएको हो ।

‘एक घर एक धारा’ खानेपानी योजनामार्फत त्यहाँका एक सय २३ घरमा खानेपानी पुगेको भगलामगैरा दजाकोट लिफ्ट खानेपानी उपभोक्ता समूहका सचिव दिलबहादुर सोनारीले जानकारी दिनुभएको छ ।

गाउँमा खानेपानी नहुँदा स्थानीयहरुले विगतमा छल्दिखोला र ओलाङ्दीसम्म पुगेर पानीको जोहो गर्नुपर्ने अवस्था थियो । पुस्तौँदेखि खानेपानीको समस्या झेल्दै आएका दजाकोटमा लिफ्ट प्रविधिमार्फत खानेपानी पुगेपछि अब पानीको समस्या टरेको स्थानीय हरि छन्त्यालले बताउनुभयो ।

प्रकाशित मिति : November 30, 2024 at 1:32 pm