१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता

१४ मंसिर, काठमाडौँ ।  बैंक नेपाल बैंकले कर्मचारीहरू एवं ग्राहकहरूलाई काठमाडौंको डिल्लीबजार स्थित सिद्धि पोली प्याथ ल्याबद्वारा प्रदान गरिने सेवाहरूमा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याबको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका हुन् ।

डिल्लीबजार स्थित सिद्धि पोली प्याथ ल्याबमा ग्राहकहरूलाई विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा विशेष छुट अर्थात् १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको ल्याबले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार १३:५८