६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

एकैदिन तोलामा १६०० रूपैयाँ बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको?

१४ मंसिर, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला तीन रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ४५ रूपैयाँले बढेर प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : November 29, 2024 at 11:24 am