१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बीआरआईबारे छलफलमा जुटे कांग्रेस शीर्ष नेता

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)बारे निर्णय लिन आज बैठक बसेको छ । उक्त बैठक पार्टी सभापति शेरबहादुर दउवाको निवासमा कांग्रेसका शीर्ष नेताहरु बीआरआईका बारेमा छलफल गर्न बसेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ । कांग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने र यदि सतप्रतिशत अनुदान भए लिने नत्र लिन नहुने पक्षमा कांग्रेस छ । प्रधानमन्त्री ओलीले पनि सार्वजनिक कार्यक्रममा चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने बताएका थिए ।

बैठकमा सभापति देउवासहित पूर्णबहादुर खड्का, महामन्त्रि गगनकुमार थापा, महामन्त्रि विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार १०:५६