१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर खुल्यो

११ मंसिर, काठमाडौँ । आज एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गरेको छ। उक्त हकप्रद सेयर कम्पनीले १० बराबर ६.२५६ को अनुपातमा जारी गरेको हो।

अर्थात् एक सय कित्ता सेयर हुनेले ६२.५६ कित्ताको लागि आवेदन दिन पाउँनेछन्।

बीमा प्राधिकरणको निर्देशन अनुसार चुक्ता पुँजी दुई अर्ब ५० करोड पुर्‍याउन कम्पनीले हकप्रद जारी गर्न लागेको हो।

कात्तिक २७ गतेसम्म सेयर स्वामित्व हुनेले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् भने कम्पनीको हकप्रदमा पुस १ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

प्रकाशित मिति : November 26, 2024 at 2:43 pm