११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याएर कार्यान्वयन गर्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

११ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा मंगलवार सातौं समामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले केही समयमा कानून नै बनाएर एकीकृत गर्नसके झनै राम्रो हुने बताउनुभयो ।

उहाँले भन्नुभयो-‘सामाजिक सुरक्षामा जस्तै स्वास्थ्य क्षेत्रमा पनि छरिका कयौँ कार्यक्रमलाई कानून संशोधन गरी एकीकृत गरेर स्वास्थ्य बीमा बोर्ड अन्तर्गत चलाउन आवश्यक छ । सामाजिक सुरक्षा कोषबाट आफ्ना सदस्यका लागि सञ्चालित स्वास्थ्य सहयोग कार्यक्रममार्फतको सेवा स्वास्थ्य बीमा बोर्डबाट प्रदान गर्ने कार्यको थालनी गर्न आवश्यक छ ।’

उहाँले लक्षित वर्ग स्पष्टसँग छुट्याउनसके मात्रै लक्षित वर्गलाई थप सुविधा दिन सकिने र नागरिकलाई दिने सेवा छिचोलेर नभइ एकीकृत गरेर प्रभावकारी ढंगबाट धेरै सुविधा दिनेतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलवार १३:३९