आज काठमाडौंका यी स्थानमा काटिनेछ बिजुली
११ मंसिर, काठमाडौँ । आज काठमाडौंको विभिन्न स्थानमा बिजुली काटिने भएको छ ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसोको ३ बजेसम्म बिजुली काटिने भएको हो ।
मंगलबार काठमाडौंको बालुवाटार, लाजिम्पाट, पानीपोखरीलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि बिजुली काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सेवा अवरुद्ध हुने तथा तोकिएको समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने पनि प्राधिकरणले जनाएको छ।
प्रकाशित मिति : November 26, 2024 at 11:14 am









