राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै २ साता लाग्ने
१० मंसिर, काठमाडौं । राहदानी सेवा पूर्णरुपमा सञ्चालन हुन अझै दुई साता लाग्ने भएको छ ।
राहदानी विभागले एक सूचना जारी गर्दै सेवा पूर्णरुपमा सञ्चालनमा ल्याउन अझै दुई साता लाग्ने अनुमान गरिएको हो ।
राहदानी विभागबाट आंशिक रुपमा भने सेवा प्रारम्भ गरिएको विभागले जनाएको छ ।
राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कप्युटरमा भाइरस प्रवेश गरेको निष्कर्ष निकाल्दै विभागले त्यसलाई फैलिन नदिन सेवा बन्द गर्नु परेको बताइएको छ ।
भाइरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाइएको र सेवाग्राहीको डाटा सुरक्षित रहेको विभागले जनाएको छ ।
प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार ११:५३