१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

आज पनि बढ्यो सुनको भाउ, पाँच दिनमा साढे ५ हजार महँगियो

७ मंसिर, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १५०० रुपैयाँले बढेर प्रतितोला  १ लाख ६५ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन बिहिबार १ लाख ६४ हजार रुपैयाँ थियो ।

त्यस्तै, शुक्रबार चाँदी भने १० रूपैयाँले घटेर १९४० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : November 22, 2024 at 11:31 am