९ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम घट्यो
५ मंसिर काठमाडौं । मंगलबार ५१ अंकले घटेको सेयर बजार (नेप्से) बुधबार ९ अंकले वृद्धि भएको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७०११.७५ अंकमा कायम भएको छ ।
बुधबार बजार बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार १० अर्ब ४६ करोडको कारोबार भएकोमा बुधबार ७ अर्ब ९ करोडको भएको हो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने ११ को स्थिर रह्यो ।
यस दिन विकास बैंक समूह सबैभन्दा धेरै ३.३८ प्रतिशतले बढेको छ ।
त्यस्तै माइक्रोफाइनान्स ०.०७ तथा व्यापार ०.२७,फाइनान्स १.६६, हाइड्रोपावर १.२८, लगानी ०.२०, होटल तथा पर्यटन ०.४५, प्रतिशतले बढेको छ ।
बुधबार बैंकिङ सेक्टर ०.२६ प्रतिशतले घटेको हो ।
त्यस्तै जीवन बीमा ०.१८, निर्जीवन बीमा ०.२१ र अन्य ०.०७ प्रतिशतले घटेको छ भने उत्पादन समूह स्थिर रहेको छ ।
८ कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो ।
नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक, जानाकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो ।
त्यस्तै गुराँस लघुवित्तको मूल्य भने १० प्रतिशतले घट्यो ।
बुधबार कारोबार रकमका हिसाबले नाग्दी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । यसको ३२ करोड ८१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार १५:५१