१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

सुनको भाउ एकैदिन एक हजार रुपैयाँले बढ्यो

३ मंसिर, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेर प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : November 18, 2024 at 11:09 am