२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

३० कार्तिक, काठमाडाैँ ।शुक्रबार समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँट भएको छ। उक्त एफपिओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।

बिक्री प्रबन्धकका अनुसार ३५ हजार ९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी रहेको ४.२५ कित्ता सेयर ४ जनालाई १/१ कित्ताका दरले बाँडफाँट गरिएको छ।

कम्पनीले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रूपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपिओ जारी गरेको हो।

उक्त एफपिओ को नतिजा हेर्न लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

प्रकाशित मिति : 11:45