२८ मंसिर २०८१, शुक्रबार | Fri Dec 13 2024

प्रहरी हिरासतमा रहेका झाँक्री प्रकाश भुजेलले लाइसेन्स पेश गर्न सकेनन्

२९ कात्तिक, काठमाडाैँ । गाडीले मोटरसाइकललाई ठक्कर दिएर भागेपछि प्रहरीले पक्राउ गरेको झाँक्री प्रकाश भुजेलले सवारी चालक अनुमति पत्र लाइसेन्स बिनै सवारी चालएको पाइएको छ । बुधबार भुजलले चलाएको बा १९ प २६९५ नम्बरको गाडीले बागमतीप्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

अनियन्त्रित रूपमा सवारी चलाइरहेका भुजेलको गाडी दुर्घटनामा परे लगत्तै उनी भागेका थिए । यद्यपी प्रहरीले उनलाई बुधबार नै पक्राउ गर्न सफल भएको थियो । अहिले उनी महानगरीय प्रहरी बृत्त बाैद्धको हिरासतमा रहेका छन । भुजेल शंकरापुर नगरपालिकामा मोटरसाइकललाई ठक्कर दिएर भागेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट्टर समर्थक भुजेलले रविकै शैलीमा दुर्घटनापछि भाग्दै गर्दा फेसबुक लाइभ गर्दै दुर्घटनाको स्वीकार गरेका थिए । रविले पनि सहकारी ठगी प्रकरणमा प्रहरीले पक्राउ गर्नुअघि भिडियो बनाएर फेसबुकमा हालेका थिए ।

भुजेलले सवारी दर्ता किताब पेश गरे पनि लाइसेन्स पेश गर्न नसकेको प्रहरीले जनाएको छ । भुजेलले प्रहरीसँग लाइसेन्स छ भनेर बताए पनि पेश भने गर्न सकेका छैनन् । भुजेलले भुजेलले लाइसेन्स घरमा छ ल्याछु भनेर सुरूवात भने पनि पछि हराएको भनेर प्रहरीसँग बताएका छन ।

भुजेलले चलाएको गाडीको ठक्करबाट काठमाडाैँकै कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीको निधन भएको छ भने मोटरसाइकलको पछाडि बसेको उहाँको श्रीमती किसानुमाया नगरकोटी गम्भीर घाइते हुनुहुन्छ । उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार १४:३७