१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

२८ कार्तिक, काठमाडौँ । आज नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ अंकमा बन्द भएको छ । आज नेप्से घटे पनि कारोबार रकम भने केही बढेको छ।

बुधबार अर्थात् आज ७ अर्ब ९१ करोडको किनबेच भएको छ। आज ९९ कम्पनीको शेयर बढेको छ भने १३८ कम्पनीको शेयर घटेको छ ।

त्यस्तै, ७ कम्पनीको शेयर अघिल्लो दिनको तुलनामा स्थिर रहेको नेप्सेले जनाएको छ ।

यस दिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

सप्तकोशी डेभलपमेन्ट बैंक र श्रीजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, पोखरा फाइनान्स, मकर जितुमाया सुरी हाइड्रोपावर र समृद्धि फाइनान्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

कुथेली बुखरी स्मल हाइड्रोपावको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ७८९ रूपैयाँ १० पैसामा झरेको छ भने केबिएल डिबेञ्चरको मूल्य ७.७४ प्रतिशतले घटेको छ।

बुधबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९७९ रूपैयाँ ९० पैसामा ३३ करोड ८६ लाखको सेयर कारोबार भएको हो ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा पोखरा फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७६१ रूपैयाँ ६० पैसामा २५ करोड ८९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ।  बाँकी नौ वटाको घटेको छ।

प्रकाशित मिति : November 13, 2024 at 3:48 pm