२८ मंसिर २०८१, शुक्रबार | Fri Dec 13 2024

एकैदिन दुई हजार चार सय रूपैयाँ घट्यो सुनको भाउ

२७ कार्तिक, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन-चाँदीको भाउ घटेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा दुई हजार चार सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ६२ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि ३० रूपैयाँले घटेर प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार ११:०९