१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

श्रम स्वीकृति लिएका नेपालीलाई भारतबाट जाँदा एनओसी नचाहिने

२६ कार्तिक, काठमाडौँ । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको दिल्ली हुँदै श्रम गन्तव्य मुलुक जानेहरूलाई No objection certificate (Noc) नचाहिने भएको छ।

दिल्लीस्थित दूतावासले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएका नेपालीहरूलाई भारतको एयरपोर्ट हुँदै श्रम गन्तव्य जाँदा No objection certificate (Noc)  नचाहिने भएको हो।

‘वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएका नेपालीहरूका लागि दूतावासबाट Noc  लिन नपर्ने सूचनामा उल्लेख गरिएको छ। साथै बेलायत, अमेरिका र सेन्जेनजस्ता मुलुकको भीसा भएका नेपाली नागरिकहरूलाई समेत एनओसी नचाहिने दूतावासले जनाएको छ।

प्रकाशित मिति : November 11, 2024 at 4:07 pm